|
कार्तिक २९, २०८३
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वले नेपाली समाजमा एकता र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका हुन्।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान, कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने सन्देश दिने उनको भनाइ छ।
थापाले छठ पर्वले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य ल्याओस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्