मिथिलामा धनतेरससँगै तिहारको रौनक

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २०, २०८३

महोत्तरी । मिथिलाञ्चलमा आजदेखि तिहार पर्वको चहलपहल सुरु भएको छ। पर्वको पहिलो दिन यहाँ परम्पराअनुसार साँझ दीप प्रज्वलन गरी धनतेरस मनाइँदैछ।

धनतेरसका अवसरमा नयाँ धातुका भाँडाकुँडा, गरगहना, धनियाँ र खरेटो किन्ने चलन रहेको छ। घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरी सुख, समृद्धि र सम्पन्नताको कामना गर्ने परम्परा पनि छ।

तिथिको घटबढका कारण यस वर्ष मिथिलामा तिहार छ दिनसम्म मनाइनेछ। आइतबार कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिनेछ भने आगामी बुधबार भैयादूजसँगै पर्व समापन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *