काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज पनि केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत बादल लाग्ने अनुमान गरिएको छ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्