|
कार्तिक १८, २०८३
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराई, उपत्यका र खोँचहरूमा बिहान हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्