आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १८, २०८३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

आज नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ६० देखि ७० रुपैयाँ, रातो आलु ५५ देखि ६० रुपैयाँ, सेतो आलु २८ देखि ३२ रुपैयाँ र प्याज ८५ देखि ९२ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, लोकल गाजर ८० देखि ९० रुपैयाँ, बन्दा ३० देखि ४० रुपैयाँ, काउली ३० देखि ४० रुपैयाँ र हरियो सिमी ५० देखि ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ स्याउ प्रतिकिलो २०० देखि ३५० रुपैयाँ, केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँ र सुन्तला १५० देखि २०० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

उल्लेखित मूल्य कालीमाटी बजारको थोक मूल्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *