प्रहरीको पुरानो संरचना बदल्ने गृहमन्त्री गुरुङको योजना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । नेपाल प्रहरीलाई आधुनिक र परिणाममुखी बनाउने उद्देश्यसहित सरकारले सात दशक पुरानो प्रहरी कानुन परिवर्तन गर्ने तयारी गरेको छ। गृहमन्त्री सुधन गुरुङले नयाँ विधेयकमार्फत प्रहरीको सेवा सुविधा, वृत्ति विकास र कार्यशैलीमा सुधार गरिने बताएका छन्।

७१औँ प्रहरी दिवसका अवसरमा उनले सरुवा–बढुवालाई पारदर्शी बनाउने, कामका आधारमा कर्मचारीको मूल्याङ्कन गर्ने र प्रहरी प्रशासनलाई डिजिटल प्रणालीमा लैजाने योजना सुनाए। प्रहरीको मनोबल बढाउन पूर्वाधार, प्रविधि, आवास र स्वास्थ्य सुविधामा समेत सुधार गरिने उनको भनाइ छ।

गुरुङले भ्रष्टाचार र पक्षपातविरुद्ध कडा नीति अपनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीलाई थप सक्षम बनाइने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *