प्रहरीमा सुधारदेखि प्रविधि विस्तारसम्म सरकारको योजना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनभित्रको बेथिति अन्त्य गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार, पक्षपात र शक्तिको दुरुपयोग सह्य नहुने बताए।

प्रहरीको कामबाट नागरिकले सुरक्षा र भरोसा महसुस गर्नुपर्ने उल्लेख गर्दै उनले सही काम गर्ने प्रहरीलाई सरकारले साथ दिने, तर गलत कार्यमा संलग्नलाई संरक्षण नगर्ने स्पष्ट पारे।

गुरुङले प्रहरीको सरुवा–बढुवा प्रणाली सुधार, आवश्यक दरबन्दी थप र नयाँ प्रहरी कानुन अघि बढाइएको जानकारी दिए। साथै साइबर अपराध तथा जटिल घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग बढाउने र प्रहरी कर्मचारीको सेवासुविधामा सुधार गर्ने योजना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *