आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था गर्न पहल गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीबाट फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने बताएका छन्। हाल आईजीपीलाई गृहसचिवले फुली लगाउने प्रचलन रहेको छ ।

प्रहरी प्रधान कार्यालय निरीक्षणका क्रममा उनले प्रहरी पोशाक नेपालमै उत्पादन गर्ने, संगठनलाई थप सुदृढ बनाउने र आईजीपीको भूमिकालाई अझ सशक्त बनाइने बताए । साथै, ट्राफिक सेवामा कुनै पनि मन्त्रीलाई प्राथमिकता नदिन निर्देशन दिएका छन् ।

गृहमन्त्रीले प्रहरीमा राजनीतिक दबाब नहुने प्रतिबद्धता व्यक्त गर्दै विपद् व्यवस्थापन र सेवा प्रवाह सुधारका लागि आवश्यक स्रोत र तालिम उपलब्ध गराइने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *