तीन रोपनी जग्गाको खोजीमा रास्वपा, २१ दिनभित्र प्रस्ताव माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थायी केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र घर वा जग्गा खरिद गर्ने तयारी थालेको छ। यसका लागि पार्टीले इच्छुक घरधनी तथा जग्गाधनीसँग २१ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ।

पार्टीको केन्द्रीय समितिले असोज १७ गते गरेको निर्णयअनुसार खरिद प्रक्रिया अघि बढाइएको हो। रास्वपाले चक्रपथसँग जोडिएको वा नजिक रहेको कम्तीमा तीन रोपनी जग्गा खोजेको छ। कार्यालय सञ्चालनका लागि उपयुक्त भवन वा भवन बनाउन मिल्ने खाली जग्गालाई प्राथमिकता दिइनेछ।

प्रस्तावित स्थानमा पर्याप्त पार्किङ, मुख्य सडकसम्म सहज पहुँच र कम्तीमा २० फिट चौडा पक्की बाटो हुनुपर्ने मापदण्ड तोकिएको छ। घरजग्गाको स्वामित्व स्पष्ट भएको तथा कुनै कानुनी विवाद वा रोक्का नरहेको हुनुपर्नेछ।

इच्छुकले जग्गाधनी प्रमाणपुर्जा, नापी नक्सा, कर तिरेको रसिद तथा भवन भए नक्सापाससम्बन्धी कागजातसहित प्रस्तावित मूल्य पेस गर्नुपर्नेछ। मूल्य प्रतिआना वा प्रतिरोपनीका दरमा र एकमुष्ट रकमसमेत खुलाउनुपर्ने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *