रास्वपा केन्द्रीय विभाग प्रमुखहरुको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ९

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक आज बस्दै छ। बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाडौँमा बैठक बस्ने सो पार्टीले जनाएको छ।

रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग छन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभाग प्रमुखहरुले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौति र भावि कार्ययोजना लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

रास्वपाको केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिव, सदस्य गरी ११ जना रहने ब्यवस्था छ। त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने ब्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *