काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राजनीतिक पदभन्दा जनताको सेवामाथि जोड दिँदै संकटका बेला नागरिकको साथमा उभिन नसक्ने व्यक्ति नेता बन्न योग्य नहुने बताएका छन्।
उनले कांग्रेसका नेता तथा कार्यकर्तामाथि विपक्षी दलबाट आक्रमण भए आफू पदमा रहे पनि नरहे पनि प्रतिवाद गर्ने चेतावनी दिए। कांग्रेसका नेता–कार्यकर्ताको संरक्षण र साथमा आफू सधैँ रहने उनको भनाइ थियो।
बस्नेतले भूकम्प, बाढीपहिरो, कोभिड र आगलागीजस्ता विपद्का समयमा जनताको सेवामा खटिएको स्मरण गरे। बाटोको पहुँच नहुँदा सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्धार गर्ने, निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र खाद्यान्नको व्यवस्था गर्नेसम्मका काम गरेको उनले बताए।
‘जनता भए मात्रै राजनीति र देश हुन्छ,’ भन्दै उनले जनताको दुःखमा साथ दिनु नै नेताको मुख्य दायित्व भएको उल्लेख गरे। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई नागरिकको समस्या समाधानमा सक्रिय रहन आग्रह गरे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्