नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको विकासलाई नयाँ गति दिने लक्ष्यसहित आफू उम्मेदवारका रूपमा जनताको बीचमा आएको बताएका छन्। उनले अधुरा विकास योजना सम्पन्न गर्नु र स्थानीय जनताको आवाज केन्द्रसम्म पुर्याउनु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
शनिबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले जनताको सेवा नै आफ्नो पहिलो दायित्व भएको उल्लेख गरे। भक्तपुरको समग्र विकास, युवाको भविष्य सुनिश्चितता, किसानको हित संरक्षण र रोजगारीका अवसर विस्तारलाई उनले प्राथमिकतामा राखेका छन्।
उनका अनुसार सडक, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत क्षेत्रको दिगो विकास गर्ने योजना रहेको छ। “म वाचा मात्र गर्ने होइन, काम गरेर देखाउने अठोटसहित अघि बढेको छु,” उनले भने।
बस्नेतले जनताको विश्वास र मत नै आफ्नो सबल आधार भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि सहयोग गर्न आग्रह गरे। साथै उनले सूर्य चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिलसमेत गरेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्