टेरामक्स मुद्दामा तीन दोषी, पूर्वमन्त्री बस्नेत निर्दोष

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २३

काठमाडौं, असार २३ । विशेष अदालतले टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।

अदालतले झा, धनराज ज्ञवाली र टीका उप्रेतीलाई कैद तथा जरिवानाको सजाय सुनाएको छ। यता, पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित अन्य अधिकांश प्रतिवादीले भने सफाइ पाएका छन्।

१९ जना प्रतिवादी रहेको उक्त मुद्दामा तीन जना दोषी ठहर हुँदा १६ जनाले अदालतबाट उन्मुक्ति पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *