काठमाडौं । दसैँ, तिहार र छठको चहलपहल बढेसँगै काठमाडौं उपत्यकामा प्रहरीले सुरक्षा निगरानी तीव्र पारेको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, पाकेटमारी र ठगीजस्ता घटनालाई नियन्त्रण गर्ने उद्देश्यले ३ हजार ५०६ प्रहरी परिचालन गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिचालित प्रहरीमध्ये एक सय जना सादा पोसाकमा खटिएका छन्। बजार, बसपार्क, वित्तीय संस्था र सर्वसाधारणको बढी भीड हुने स्थानमा विशेष निगरानी राखिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन उपत्यकाका १४ सेक्टरमा योजना लागू गरिएको छ। नियमित गस्तीका अतिरिक्त ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुर तथा अन्य प्रविधिको सहयोगसमेत लिइने प्रहरीले जनाएको छ।
चाडपर्वमा घरबाहिर निस्किने र यात्रा गर्ने नागरिकको सङ्ख्या बढ्ने भएकाले आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्