|
२०८३ आश्विन २६
काठमाडौं । सवारीसाधनको दर्ता, नामसारी तथा बीमासम्बन्धी कामलाई सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधिमा परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार सवारीधनी आफैँ कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातका आधारमा प्रक्रिया अघि बढाउन सकिनेछ।
अब वारेसनामा प्राप्त प्रतिनिधिमार्फत सवारी दर्ता र नामसारी गर्न सकिनेछ। त्यस्तै, डिलरबाट गरिएको सवारी जाँचलाई अन्तिम मान्यता दिइने भएपछि कार्यालयमा पुनः सवारी पुर्याउनुपर्ने झन्झट पनि हट्नेछ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार बीमा र नवीकरणका काममा समेत सवारीधनीको प्रत्यक्ष उपस्थिति अनिवार्य नहुने व्यवस्था गरिएको छ। यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै यातायातसम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्