|
२०८३ आश्विन २५
धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति पुर्याएको छ। बाढीका कारण धाममा रहेका २९ हवनकुण्डमध्ये तीन वटा बगेका छन् भने चार वटा मर्मत गर्न नसकिने गरी क्षतिग्रस्त भएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा बाढी पसेपछि आश्रम नजिकै पहिरोसमेत गएको छ। पहिरोका कारण विद्यार्थीहरू अध्ययन गर्ने आश्रम जोखिममा परेको धामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्