|
२०८३ आश्विन १४
काठमाडौँ : कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा ठूलो क्षति पुर्याएको छ। बाढीले पुलको पिलर बगाएपछि पुल बीचबाट भाँचिएको हो।
जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब पौने ८ बजे बाढीले पुलको पिलर भत्काएको थियो। पिलरमा क्षति पुगेपछि दोधारातर्फको करिब ६ मिटर पुलको भाग माथि उठेको छ।
पुलको अवस्था बिग्रिएपछि सर्वसाधारणलाई वारपार गर्न समस्या भएको छ। पुलमा थप क्षति हुन सक्ने भएकाले तत्काल आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्