नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा आयोजना गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै थप व्यावसायिक र उत्प्रेरित बनाउने उद्देश्यका साथ असोज ४ देखि १५ गतेसम्म इटहरी, बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी, सुर्खेत र पोखरामा भव्य कार्यक्रमहरू आयोजना गरिएका हुन्। देशभरका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमहरूमा कुल २ हजार ५ सय ८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो।

जसमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १ हजार ६४ जना अभिकर्ताहरूलाई ‘स्टार अवार्ड’ बाट सम्मानित गरिएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, सेल्स प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहक सम्बन्धको मुख्य मेरुदण्ड भएको बताए। उनले सम्पूर्ण अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणभित्र रहेर कार्य गर्न आग्रह गर्दै हालैको प्राकृतिक विपद्बाट प्रभावित बीमित तथा अभिकर्ताहरूलाई आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए।

त्यस्तै, नेसनल सेल्स हेड पोखरेल र अभिकर्ता संघका नेतृत्वकर्ताहरूले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै बीमाको पहुँच विस्तारमा निरन्तर लाग्न र सामाजिक सञ्जालमा तथ्यहीन सामग्री सम्प्रेषण नगरी व्यावसायिक मर्यादा कायम राख्न आग्रह गरे। केवल सम्मानमा मात्र सीमित नराखी प्रेरणा, क्षमता विकास र ज्ञान अभिवृद्धिको साझा मञ्चका रूपमा सञ्चालन गरिएको यस अवार्डले कम्पनीको अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *