दसैँका लागि डोल्पाबाट च्याङ्ग्रा झर्न थाले

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

मुस्ताङ । दसैँ नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको कारोबार सुरु भएको छ। डोल्पाबाट हिउँ र जोखिमपूर्ण बाटो पार गर्दै करिब एक हजारभन्दा बढी च्याङ्ग्रा जोमसोम आइपुगेका छन्।

व्यापारी शेरबहादुर रोकायासहितको टोलीले असोज ९ गते डोल्पाबाट यात्रा सुरु गरेर १७ गते जोमसोम आइपुगेको हो। यस वर्ष डोल्पाबाट आठ हजारभन्दा बढी च्याङ्ग्रा मुस्ताङ ल्याउने तयारी रहेको व्यापारीहरूले बताएका छन्।

गत वर्षको तुलनामा यसपटक च्याङ्ग्राको संख्या घट्ने देखिएको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध भए च्याङ्ग्रा पोखरा लैजान समस्या हुने व्यापारीहरूको चिन्ता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *