काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई प्रहरीले कारबाही तीव्र बनाएको छ। विभिन्न स्थानमा गरिएको जाँच तथा निगरानीका क्रममा पछिल्लो २४ घण्टामा ७ सय १ जना चालक कारबाहीमा परेका छन्।
प्रहरीको कारबाहीमा मापसे गरी सवारी चलाउनेदेखि तीव्र गतिमा गाडी हाँक्ने चालकसम्म परेका छन्। सिसिटिभीबाट नियम उल्लंघन गर्ने चालकको पहिचान गरी समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने १ सय १४ जना र मापसे गर्ने ७८ जना कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीबाट ३५ जना तथा रातो बत्ती उल्लंघन गर्ने २९ जना चालक कारबाहीमा परेका छन्।
सवारीको अवस्था ठीक नराख्ने २४, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १४, एकतर्फी सडकको नियम उल्लंघन गर्ने ११ र लेन क्रस गर्ने ६ जना पनि कारबाहीमा परेका छन्।
बाँकी ३ सय ९० जना चालक अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्