आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

देशभर मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी र पश्चिमी वायुको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी, मधेस र बागमतीका अधिकांश भूभागसँगै गण्डकी र लुम्बिनीका केही क्षेत्रमा पनि यी दुई प्रणालीको प्रभाव देखिएको छ। कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव बढी रहेको महाशाखाले जनाएको छ।

तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने देखिए पनि लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली छ। कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले मौसममा आएको परिवर्तनका कारण केही क्षेत्रमा वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *