कांग्रेस महामन्त्रीमा डा. सन्तोष उपाध्यायको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सन्तोष उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

अछाम–२ बाट महाधिवेशन प्रतिनिधि बनेका उपाध्यायले युवाको नेतृत्व, पुस्तान्तरण र सुशासनको मुद्दालाई अघि सार्दै महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।

एमबीबीएस अध्ययन गरेका उपाध्याय नेविसंघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। उनीसँग सञ्चारकर्मको अनुभवसमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *