मनोहराको बहाव बढेपछि च्यासलमा सुरक्षा सतर्कता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

काठमाडौं । वर्षा नरोकिएपछि ललितपुरको च्यासल क्षेत्रमा मनोहरा खोलाको पानीको बहाव बढेको छ। खोलाको पानी सडकको तहसम्म आइपुगेपछि त्यहाँ सम्भावित जोखिमलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ।

क्षेत्रको अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ च्यासल पुगेका छन्। स्थलगत निरीक्षणपछि उनले जोखिमको अवस्था हेरेर आवश्यक तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका अन्य खोला तथा नदीमा समेत पानीको सतह बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *