|
२०८३ आश्विन ९
काठमाडौं । देशका विभिन्न सडकमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाले पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान लिएको छ। दुर्घटनामा परी ९४ जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार मंगलबारदेखि मध्यरातिसम्म विभिन्न स्थानमा भएका दुर्घटनामा मकवानपुर, अर्घाखाँची, गोरखा, स्याङ्जा, रौतहट र कैलालीमा मानवीय क्षति भएको हो।
दुर्घटनामा घाइते हुनेको संख्या कोशी प्रदेशमा सबैभन्दा धेरै ३१ जना रहेको छ। लुम्बिनीमा १४, मधेशमा १२, सुदूरपश्चिममा ९, काठमाडौं उपत्यका र बागमतीमा ८–८, गण्डकीमा ७ तथा कर्णालीमा ५ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणमा घाइतेहरूको उपचार भइरहेको स्थान वा स्वास्थ्य अवस्थाबारे भने खुलाइएको छैन।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्