|
२०८३ आश्विन ९
काठमाडौं । आँधीपछि परेको भारी वर्षाले जापानको कान्टो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
चिबा र कानागावा प्रिफेक्चर सबैभन्दा बढी प्रभावित भएका छन्। करिब एक हजार घरमा क्षति पुगेको छ भने हजारौँ परिवार विद्युत् सेवाबाट प्रभावित भएका छन्।
केही स्थानमा बाँध भत्किँदा बस्ती र सडक डुबानमा परेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहँदा जापानले अर्को आँधीको सम्भावनासमेत सामना गरिरहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्