भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३०

भरतपुर । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो ।

त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *