चीनमा नेपालको पर्यटन चम्कियो, उत्कृष्ट गन्तव्यको सम्मान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १०

चीनको ग्वाङ्झाउमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को उपाधि प्रदान गरिएको छ ।

नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक विविधता र साहसिक पर्यटनको सम्भावनालाई आधार मानेर उक्त सम्मान दिइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

मे २१ देखि २३ सम्म सञ्चालन भएको मेलामा नेपालले ‘नेपालः जीवनभरको अनुभव’ नारासहित सहभागिता जनाएको थियो । कार्यक्रममा नेपाली संस्कृति, पर्यटन सम्पदा र विभिन्न भ्रमण प्याकेजबारे अन्तरराष्ट्रिय व्यवसायीलाई जानकारी गराइएको थियो ।

नेपाल र चीनबीच सिधा हवाई उडान सञ्चालन भइरहेका कारण चिनियाँ पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *