काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ । यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा शहीद परिवारका सदस्य सहभागी भएका छन् । शहीद परिवारले दिवंगत आफन्तको सम्झनामा दीप प्रज्वलन तथा माल्यार्पण गरेका छन् ।
आफन्तको सम्झनामा अधिकांश परिवार भावुक बनेका थिए । कतिपयका आँखाबाट आँसु झरेपछि केहीबेर पुरानो संसद् भवन परिसर नै भावविह्वल बनेको थियो । सरकारले जेनजी आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज सार्वजनिक बिदा दिएको छ ।
गत २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको विरोधमा २४ भदौमा देशभर प्रदर्शन भएको थियो । दुई दिनको आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो भने विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्