बाढीमा ज्यान गुमाएका ८६ शव अझै पहिचानविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट पोखरा ल्याइएका शवमध्ये अधिकांशको अझै सनाखत हुन सकेको छैन। पहिचान खुल्न नसकेका शवलाई वैज्ञानिक तथा कानुनी प्रक्रिया पूरा गरेपछि जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ जनाको मात्र पहिचान भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।

पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिनेछ। भविष्यमा आफन्तको डीएनएसँग मेल भएमा शवको पुनः पहिचान गर्न सकिने गरी आवश्यक प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।

शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष राखिएको छ भने आफन्तलाई तस्बिरमार्फत पहिचान गर्ने व्यवस्था गरिएको छ। बाहिरी जिल्लाबाट आएका आफन्तका लागि खाना र बसोबासको समेत व्यवस्था गरिएको छ।

बाढीले शव विभिन्न जिल्लामा पुर्‍याउनुका साथै कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले सनाखतमा कठिनाइ भएको प्रशासनले जनाएको छ। हाल शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *