म्याग्दीका पन्थोक र जुग्जामा पुग्यो राष्ट्रिय विद्युत्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

म्याग्दी । मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत दुवै बस्तीमा १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो।

यसअघि पन्थोकमा गौडाखोला लघुजलविद्युत् र जुग्जामा पेल्ट्रिक सेटबाट स्थानीय विद्युत् आपूर्ति हुँदै आएको थियो। पन्थोकमा १३२ र जुग्जामा ७२ घरधुरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *