विद्युतीय सवारी विस्तारमा सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : उपराष्ट्रपति यादव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

काठमाडौँ :उपराष्ट्रपति रामसहायप्रसाद यादवले पेट्रोलियम पदार्थको आयात घटाउन नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार नाडा अटो शो २०२६ को १८औँ संस्करण उद्घाटन गर्दै उनले जलविद्युत् उत्पादन बढिरहेको नेपालले इन्धन आयातमा ठूलो रकम खर्च गरिरहनुपर्ने अवस्था अन्त्य गर्न विद्युतीय सवारी उपयुक्त विकल्प भएको बताए।

उनले विद्युतीय सवारीको प्रयोग बढाउन चार्जिङ स्टेसनलगायत आवश्यक पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रले उद्यमशीलता, रोजगारी र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपालमै अटोमोबाइल उत्पादनको सम्भावना खोज्नुपर्ने बताए। साथै, नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आवश्यक पहल गर्न नाडालाई सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *