भूमिहीनलाई छिट्टै लालपुर्जा दिने मन्त्री रावलको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ८

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई सरकारले छिट्टै लालपुर्जा उपलब्ध गराउने बताएकी छन्।

कृष्णपुर नगरपालिकामा भूमिहीनसँगको भेटका क्रममा मन्त्री रावलले सुकुमवासीलाई हाल बसोबास गरिरहेको स्थानबाट हटाउने सरकारको नीति नरहेको स्पष्ट पारिन्। कानुनी अवरोध हटाउँदै लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

उनले अफवाहको पछि नलाग्न आग्रह गर्दै देशभरका भूमिहीनको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। यसअघि मन्त्री रावलले दोधारा–चाँदनी, भीमदत्त, बेदकोट र शुक्लाफाँटालगायतका क्षेत्रमा भूमिहीनसँग अन्तरक्रिया गरेकी थिइन्।

मन्त्री रावलले महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल र दोधारा–चाँदनीको निर्माणाधीन सुक्खा बन्दरगाहको पनि निरीक्षण गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *