काठमाडौं । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्ध हुन राजी भएका छन् ।
उनीहरुवीच आजै सम्झौता हुँदै छ ।
इटालियन पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गर्न लागृका हुन् । केही बेरमै उनीहरुवीच सम्झौतामा हस्ताक्षर हुने छ ।
‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ रोमानोले ट्वीट गरेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।
फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेसी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।
केही दिन अघि उनले पत्रकार सम्मेलन गर्दै बार्सिलोना छाड्नुपर्दा निकै दुःख लागेको बताएका थिए । बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्