|
२०८३ भाद्र ५
बागलुङ । ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारीबाट गत आर्थिक वर्षमा नाउर र झारलको सिकारबापत चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
दुई सिकार याममा २५ नाउर र १८ झारलका लागि अनुमति दिइएकोमा २१ नाउर र ११ झारलको मात्र सिकार भएको आरक्षले जनाएको छ। मौसम परिवर्तन, सिकारी बिरामी हुनु, प्राविधिक समस्या र निसाना चुक्नुलगायत कारणले केही सिकार हुन सकेन।
अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी ढोरपाटन आउने गरेका छन्। एक सिकारीले करिब १५ दिनमा २० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ।
विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दीमा फैलिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्