अनुदानको मल दुरुपयोग आरोपमा चार जना कानुनी दायरामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

दाङ । सरकारी अनुदानमा किसानका लागि ल्याइएको रासायनिक मल महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा दाङमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरीले घोराही–७ सिसहनियाबाट ५३ बोरा डिएपी र चार बोरा युरिया बरामद गरेपछि अनुसन्धान अघि बढाएको थियो। मल किसानलाई वितरण गर्नुपर्ने भए पनि बजारमा बढी मूल्यमा बिक्री गर्न खोजिएको अनुसन्धानबाट खुलेको जनाइएको छ।

घटनामा संलग्न भनिएका चार जनामाथि कालोबजारीसम्बन्धी कानुनअनुसार कारबाहीको माग गरिएको छ। बरामद मल किसानलाई उचित मूल्यमा वितरण गर्ने व्यवस्था मिलाउनसमेत माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *