मनसुन सक्रिय, पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। तराईका पनि केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *