देउवा आज स्वदेश फर्किंदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुरबाट नेपाल फर्किंदै छन्। उपचारका लागि करिब साढे पाँच महिनाअघि सिंगापुर गएका देउवा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।

देउवाको स्वागतका लागि कांग्रेस नेता–कार्यकर्ता विमानस्थलमा भेला हुने तयारी गरिएको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *