काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति निर्धारण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय २५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति टुंगो लगाएको हो।
दशौं राष्ट्रिय खेलकुद यसअघि २०८१ मंसिरमै आयोजना गर्ने तयारी गरिएको थियो। तर आवश्यक भौतिक पूर्वाधार निर्माण, व्यवस्थापन तथा अन्य तयारी पूरा हुन नसक्दा प्रतियोगिता पटक–पटक सारिँदै आएको थियो।
अब नयाँ मिति तय भएसँगै निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न पूर्वाधार निर्माणदेखि खेलाडी, प्राविधिक तथा व्यवस्थापनसम्बन्धी तयारीलाई तीव्रता दिनुपर्ने भएको छ।
लामो समयदेखि अनिश्चित बनेको राष्ट्रिय खेलकुदको मिति टुंगिएसँगै प्रतियोगिता समयमै सम्पन्न गराउनु आयोजक तथा सम्बन्धित निकायका लागि मुख्य चुनौती बनेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्