वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठ पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई बिहीबार अदालतमा पेस गर्ने तयारी गरिएको छ। पक्राउको विषयमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

घटनाबारे थप विवरण अदालतमा पेस भएपछि खुल्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *