राष्ट्रियसभा बैठकमा तीन विधेयकसम्बन्धी कार्यसूची

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

काठमाडौँ — संघीय संसद्को राष्ट्रियसभा बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकसम्बन्धी प्रस्ताव तथा सन्देश पेस हुने कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नेछन्। यस्तै, ‘नेपाल विशेष सेवा ऐन, २०४१’ सम्बन्धी विधेयकबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष प्रस्तुत गरिनेछ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *