|
२०८३ श्रावण २४
लन्डन । बढ्दो घरभाडा, महँगो जीवनयापन र रोजगारीको बदलिँदो प्रकृतिका कारण बेलायतको राजधानी लन्डनबाट मानिसहरू बाहिरिने क्रम बढेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जुन २०२५ सम्मको एक वर्षमा ४ लाख २० हजारभन्दा बढी मानिस लन्डनबाट बेलायतका अन्य शहर तथा ग्रामीण क्षेत्रमा सरेका छन्।
वर्क फ्रम होमको बढ्दो अभ्यास, सस्तो आवास र पारिवारिक जीवनलाई प्राथमिकता दिन थालेसँगै राजधानीबाहिर बसाइँ सर्ने प्रवृत्ति बढेको बताइएको छ। विशेषगरी ३०–४० वर्ष उमेर समूह र बालबालिका भएका परिवारको संख्या उल्लेख्य रहेको छ।
लन्डनको बेरोजगारी दरसमेत ६.५ प्रतिशत पुगेको छ, जुन बेलायतको राष्ट्रिय औसत ४.९ प्रतिशतभन्दा बढी हो। बकिङ्घमसायर, बर्मिङ्घम, एसेक्स, ब्राइटन र ब्रिस्टललगायत क्षेत्र लन्डनबाट बसाइँ सर्नेका प्रमुख गन्तव्य बनेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्