वर्षाको जोखिम बढेपछि बेनी–जोमसोम सडकमा रात्रिकालीन आवागमन रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

म्याग्दी : लगातार वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म सडकमा यातायात सेवा रोकिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षासम्बन्धी पूर्वानुमानपछि यात्रु र सवारीसाधनको सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *