ट्राफिक नियम उल्लङ्घनकर्ताबाट सुर्खेतमा एक करोडभन्दा बढी राजस्व

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १९

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दै एक करोड ३३ लाख ८१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा गुड्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनी कारबाही गरिएको हो। त्यसैगरी, अनुमति बिना सवारीको स्वरूप परिवर्तन गर्ने चालकबाट मात्रै ५ लाख ७० हजार रुपैयाँ राजस्व उठाइएको छ।

प्रहरीले वर्षभरि २ लाख ३१ हजार १३७ जनालाई ट्राफिक सचेतना प्रदान गरेको जनाएको छ। सोही अवधिमा सुर्खेतमा ९५७ वटा सवारी दुर्घटना हुँदा ३७ जनाले ज्यान गुमाएका छन्। ट्राफिक प्रहरीका अनुसार अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *