विदेशमा बढ्यो नेपाली अलैँचीको माग, निर्यातमा ६५ प्रतिशतको छलाङ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

भद्रपुर । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै काँकडभिट्टा नाकाबाट हुने यसको निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी मूल्यको अलैँची निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६५ प्रतिशतले बढी हो।

भन्सार कार्यालयका अनुसार निर्यातको परिमाण पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष करिब ४३ लाख किलोग्राम अलैँची निर्यात भएकोमा गत वर्ष यो परिमाण बढेर ६३ लाख ८५ हजार किलोग्राम पुगेको छ।

भन्सार अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको बढ्दो मागले निर्यात व्यापारमा उत्साह थपेको हो। उत्पादन वृद्धि, गुणस्तर सुधार र नयाँ बजार विस्तार गर्न सके आगामी वर्षहरूमा निर्यात अझ बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *