|
साउन १२, २०८३
काठमाडौं — सर्वोच्च अदालतले इजलासबाट हुने आदेश (फैसला वा अन्तिम आदेशबाहेक) अब सोही दिन विद्युतीय प्रणालीमा उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यो प्रणालीले आदेशको जानकारी छिटो प्राप्त हुने, अदालतमा पटक–पटक धाउनुपर्ने बाध्यता कम हुने, पारदर्शिता र जवाफदेहिता बढ्ने तथा न्यायिक सेवालाई थप प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउने अपेक्षा गरिएको छ। साथै, आवश्यक प्रक्रिया पूरा गरी देशभरका कुनै पनि अदालतबाट आदेशको प्रमाणित प्रतिलिपि लिन सकिने व्यवस्था समेत गरिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्