सर्वोच्चको नयाँ व्यवस्था: आदेश अब अनलाइनमै हेर्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १२

काठमाडौं : सर्वोच्च अदालतले इजलासबाट भएका आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा राख्ने व्यवस्था सुरु गरेको छ।

अदालतका अनुसार नयाँ प्रणालीले मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायलाई आदेशको जानकारी छिटो र सहज रूपमा उपलब्ध गराउनेछ। यसबाट न्यायिक प्रक्रिया थप पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

विद्युतीय प्रणाली लागू भएपछि आदेशको जानकारी लिन अदालत धाउनुपर्ने बाध्यता घट्ने र प्रमाणित प्रतिलिपि प्राप्त गर्ने प्रक्रिया पनि सहज हुने सर्वोच्चले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *