|
२०८२ चैत्र ५
काठमाण्डौँ । रवि लामिछानेसँग सम्बन्धित अभियोगपत्र संशोधन प्रकरणमा सर्वोच्च अदालतले महत्त्वपूर्ण आदेश दिएको छ । अदालतले संशोधनका क्रममा भएको ‘टिप्पणी आदेश’ सहितका कागजात महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन निर्देशन दिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। रुपन्देहीस्थित सरकारी वकिल कार्यालयले आफ्नो लिखित जवाफमा उल्लेख गरेको तर महान्यायाधिवक्ताको कार्यालयले पेश नगरेको टिप्पणी आदेशको प्रतिलिपि माग गरिएको छ ।
अदालतले उक्त कागजात अनिवार्य रूपमा पेश गर्न भनिएको छ र आगामी चैत ९ गतेको पेशीमा नियमअनुसार इजलाससमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्