|
२०८३ श्रावण १०
भद्रपुर : प्रहरीले भद्रपुर नाकाबाट मुखभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शंका लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा उनको मुखभित्र प्लास्टिकमा पोको पारिएको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्