|
२०८३ श्रावण १०
हङकङ : शक्तिशाली टाइफुन ‘नाउल’ दक्षिणी चीनमा प्रवेश गरेपछि जनजीवन प्रभावित भएको छ। ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा हुँदा सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधीका कारण हवाई तथा रेल सेवा प्रभावित भएका छन् भने विभिन्न क्षेत्रमा रूख ढल्नुका साथै भौतिक क्षति पुगेको जनाइएको छ। मौसम निकायले ग्वाङडोङ र फुजियानका केही क्षेत्रमा अझै भारी वर्षा र हावाहुरीको जोखिम रहेको चेतावनी दिएको छ।
हङकङमा पनि आँधीको प्रभाव देखिएको छ। करिब ३५० उडान रद्द भएका छन् भने केही मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्