|
साउन १०, २०८३
काठमाडौं — रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो आएको पहिरोमा परी गोठालो गएका दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले साँझ दुवै जनाको शव पहिरोबाट बाहिर निकालेको थियो।
घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी सेरम स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्